सांसदबाट हटाइएका लुम्बिनी प्रदेशका चार जनाले पाए मतदानको अधिकार
काठमाडौं । मुख्यमन्त्री शंकर पाेखेरेललाई साथ दिएका चार जना सांसदले मतदान हुनु एकदिन अघि मात्रै मतदानकाे अधिकार प्राप्त गरेका छन् । साेमबार प्रदेशमा एक जना राष्ट्रियसभा सदस्यका लागि हुन लागेको मतदानमा जसपाका चार जना सांसद थपिएका हुन् । शंकर पाेखरेललाई साथ दिएपछि जसापकाे बाबुराम–उपेन्द्र पक्षले सांसदबाटै निष्काशन गरेकाे थियाे । तर, त्यसविरुद्ध सांसदहरु अदालत पुगेका थिए । निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । योसँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्यले मताधिकार पाएका छन् । यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई कारबाही गरेको थियो । उनीहरू मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री छन् । उनीहरूलाई पार्टीको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए । ४ जनाले सर्वोच्चम मुद्दा हालेका थिए । सर्वोच्चले उनीहरूलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया