राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्छौं : डा. रावल
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले जारी निशेधाज्ञाका कारण प्रभावित भएका मजदूर वर्गका लागि राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गरेको छ । कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले प्रभावित भएका ज्यालादारी गरेर खाने मजदूर वर्गका लागि तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो । संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले अहिलेसम्म मजदूरका लागि राहत प्याकेज नल्याएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए। आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, सन्तुलित एवं समयानुकूल ल्याउन समेत सरकारलाई सुझाव दिइने उनले बताए । नेता डा. रावलले प्रदेश सरकारले संविधानभन्दा बाहिर गएर आफ्नो सरकार सुरक्षित राख्न मन्त्रीमण्डल विस्तार गरेको आरोप लगाए। उनले भने, – ‘कोरोना महामारीमा जनताको काम गर्नुको सट्टा प्रदेश सरकार सत्ता टिकाउने खेलमा लागिपरेको छ ।’
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया