बाँकेमा एक हप्ता थपियो निषेधाज्ञा
बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एकहप्ता लम्ब्याइएको छ । यही जेठ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । जिल्लामा गत वैशाख ९ गतेदेखि निषेधाज्ञा जारी छ । उनका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक हिँडडुलमा समेत निषेध गरिएको छ । कोरोनाबाट जिल्लामा दुई सय ९१ जनाको ज्यान गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया