बझाङका प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
चैनपुर । वल्ड भिजन इन्टरनेसनल नेपाल नामक संस्थाले जिल्ला कोभिड व्यवस्थापन समिति बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाको सहयोगमा जिल्लास्थित साझेदार संस्था प्रगतिशिल युवा समाजको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रगतिशिल युवा समाजका प्रवन्ध र्निदेशक लवराज जोशीले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७० थान अक्सिजन सिलिण्डरसहित ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, ७० वटा पिपिइ सेट, ६ प्याकेट सर्जिकल मास्क, ३६ वटा एन ९५ मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको बताइएको छ । उक्त सामग्री प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया