मानव बेचविखनको आरोपमा श्रीमान श्रीमती पक्राउ
जनकपुरधाम । मानव बेचविखनमा संलग्न रहेको अरोपमा प्रहरीले दुई जनालाई विरंगजवाट पक्राउ गरेको छ । भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ला बेतिया ४ घर भएका २६ वर्षका असगर सैफी र तनहुँको दमौली नगरपालिका ५ का २६ वर्षका सकिना खातुन भन्ने सीता थापा क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका दुवैजना श्रीमान-श्रीमती हुन् । उनीहरुले दुईजना युवतीलाई भारत लगेर बेच्न खोजेको भन्दै पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए । प्रहरीले बेचविखन गर्न लैजादै गरेका गोरखा जिल्ला घर भएका २० र २२ वर्षका दुई युवतीलाई विरगंजवाट उद्दार गरेको प्रवक्ता खनालले बताए । पक्राउ गरिएका दुबैजनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा जिल्ला अदालत पर्साबाट शुक्रबार ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको प्रवक्ता खनालले जानकारी दिए । नेपालगञ्जमा १ घण्टा पुजाका लागि कन्या चाहिएको र पुजामा बसे बापत ५०/५० हजार रुपैयाँ दिने भनेर ति युवतीहरुलाई प्रलोभनमा पारिएको प्रहरीले जनाएको छ । पैसाको प्रलोभनमा परेका दुवै युवती घरपरिवारलाई कुनै जानकारी नदिई घरबाट हिँडेका थिए । विरगंजवाट पैसा लिएर नेपालगञ्ज जाने भनेर उनीहरुलाई विरगंज ल्याइएको प्रवक्ता खनालले बताए । तनहुँबाट टिपरमा चढाएर जेठ १७ मा विरगंज ल्याएर बसपार्कको एक होटलमा राखिएको र पछि पैसा लिन वेतिया जानुपर्ने भन्दै विरगंज महानगरपालिका १६ इनर्वा नाका क्षेत्रमा पुर्याएको बताइएको छ । सीमाक्षेत्रबाट प्रहरी चौकी इनर्वाको टोलीले उद्धार गरेको प्रवक्ता खनालले जानकारी दिए ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया