सिराहामा कोरोना संक्रमणबाट एकैदिन सातजनाको मृत्यु
जनकपुरधाम । सिरहामा कोरोना संक्रमणवाट एकै दिन सबैभन्दा बढी सात जनाको मृत्यु भएको छ । यस अघि एक दिनमा पाँच जनाको मृत्यु भएको तथ्यांक डिसीसीएमसीले सार्वजनिक गरेको थियो । पछिल्लो २४ घण्टामा सिरहा जिल्लामा सात जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जनाएको छ । १ महिला सहित ७ जना मृत्यु भएको हो । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका १२ बेल्हाका ६० वर्षिय पुरुष, सिरहा नगरपालिका १७ पर्टेवाका ४५ वर्षिय पुरुष, नवराजपुर गाउँपालिका १ का ६९ वर्षिय पुरुष, लक्ष्मीपुर पतारी गाउँपालिका १ पिप्राकी ४७ वर्षिया महिला रहेकी छिन् । यस्तै कर्जन्हा नगरपालिका ५ का ७८ वर्षिय पुरुष, लहान नगरपालिका १० का ६० वर्षिय पुरुष र नरहा गाउँपालिका २ पानबारीका ५० वर्षिय पुरुषको मृत्यु भएको डिसीसीएमसी सिरहाले जनाएको छ । योसंगै सिरहा जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया