मोटरसाइकल दुर्घटनामा सेनाका जवानको मृत्यु
धनुषा । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना ४ त १६८२ नं. को ट्र्याक्टरमा पूर्व दिशाबाट आएको रा ६ प २८६३ नं. को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको बताइएको छ । मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिए ।
ताजा अपडेट
-
पढ्ने रहर भएकालाई कसरी सहयोग गर्छ क्यानोपि नेपाल ?
-
डा. गोविन्द केसीले ताेडे अनसन
-
फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने
-
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
-
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
प्रतिक्रिया