प्रदेश २ का ४ जना मन्त्री बर्खास्त
जनकपुरधाम । प्रदेश २ सरकारका चार जना मन्त्रीलाई बर्खास्त गरिएको छ । जनता समाजवादी पार्टी नेपालको सरकार रहेको प्रदेश २ मा महन्थ ठाकुर खेमाका मन्त्रीहरुलाई बर्खास्त गरिएको हो । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई सरकारबाट बर्खास्त गरिएको हो । यस अघि आजै जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरिएको थियो ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया