NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

भारतको पानी प्रशोधन उद्योगमा आगलागी हुँदा १८ को मृत्यु

भारतको पुनेस्थित गोटवाडा पठा क्षेत्रमा रहेको पानी प्रशोधन उद्योगमा आगलागी हुँदा १८ जना मानिसको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार पिरानगट औद्योगिक क्षेत्रमा रहेको पानी प्रशोधन उदोधमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको हो । रसायनिक प्याकेजिङका क्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय आगलागी नियन्त्रणका अधिकारी देभेन्द्र फोटवडेका अनुसार उद्योगमा ३७ जना कामदार थिए । तीमध्ये १८ जनाको मृत्यु आगलागीमा भएको उनले बताएका छन् । फोटवडेका अनुसार रसायनिक कारणले भएको आगलागीलाई नियन्त्रणमा ल्याउन र उद्योगभित्र फसेकाहरुलाई उद्धार गर्नमा समस्या भएको थियो । उनले भने, ‘अहिले आगो नियन्त्रणमा आएको छ । हामी उद्योगलाई चिस्याउने काम गरिरहेका छौं ।’ उक्त घट्नालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु हुने १८ जनाको परिवारलाई २ लाख बराबरको क्षतिपुर्ति दिने घोषण गरेका छन् । सँगै घाइतेहरुलाई ५० हजार बराबरको रकम उपचारको लागि दिने उनले बताएका छन् ।