ओली–नेपाल मिलाउन दोस्रो तहका नेताहरु पुनः छलफलमा
काठमाडौं । लगभग विभाजनको तयारी अवस्थामा पुगेको नेकपा एमालेभित्रको विवाद समाधानको उपाय दोज्ने दोस्रो तहका नेताहरु पुनः छलफलमा जुटेका छन् । नेकपा एमालेभित्रको विवाद उग्र हुँदै गर्दा प्रदेश सरकार हरु पनि यसबाट प्रत्यक्ष प्रभावित बनेका छन् । नेकपा विभाजनपछि देखिएको एमालेभित्रको विवादकै कारण प्रदेशसभामा बहुमत भए पनि एमालेले सरकार बनाउन पाएन । माधव समूहको सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारहरु जोगिएका छन् । सहमतिका लागि यसअघि कार्यदल बनाइए पनि संसद् विघटनपछि त्यसको औचित्य पनि सकिएको छ । तर, पार्टी एकतालाई जिवितै राख्नुपर्ने भन्दै दोस्रो तहका नेताहरु पुनः छलफलमा जुटेका छन् । यसअघि याक एण्ड यति होटलमा बसेका छलफल गरेका नेताहरु आज पुनः ललितपुरको समिट होटलमा बसेका छन् । यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्धरुपमा छलफल गरिरहेका छन् । आजको छलफलमा पनि संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी छन् । अध्यक्ष ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अश्वीकार गरेको छ । अब के गर्ने भन्नेमै छलफल केन्द्रित रहेको र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदबाट फिर्ता हुन नसकिने अडान माधव नेपाल पक्षले लिएकाले यीनै विषयमा छलफल भइरहेको छ ।
ताजा अपडेट
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
प्रतिक्रिया