नेपाल–सिएरा लिओनबीच कुटनीतिक सम्बन्ध, एकसय ७१ देशमा बाह्य सम्बन्ध विस्तार
काठमाडौं । नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज कुटनीतिक सम्बन्ध स्थापना भएको छ । यो देशसँग सम्बन्ध स्थापना भएसँगै नेपालको १७१ देशसँग कुनीतिक सम्बन्ध विस्तार भएको छ । दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको सक्षिप्त कार्यक्रममा हस्ताक्षर गरेका छन् । नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ । रासस
ताजा अपडेट
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
प्रतिक्रिया