उपत्यका नछोडी ‘हाइअलर्ट’मा बस्न सांसद्हरुलाई प्रचण्ड–नेपाल समूहको निर्देशन

काठमाडौं । प्रचण्ड नेपाल समूहले आफ्ना सांसदहरुलाई उपत्यकाबाहिर नजान निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको अनौपचारिक बैठकले अबको केही दिनमा नै प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्ने र अरु तयारी गर्नुपर्ने भन्दै उपत्यका नछोडन् निर्देशन दिएका हुन् । ‘प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेकोमा अध्यक्षद्वयले धन्यवाद दिनुभएको छ ।’ मुख्य सचेतक देव गुरुङले भने, ‘प्रतिनिधिसभाको बैठक बस्नुपर्नेसहितका अरु प्रक्रिया अघि बढाउनुपर्ने भएकोले सांसदहरुलाई उपत्यकाबाहिर नजान र हाइ अलर्टमा बस्न निर्देशन दिइएको छ ।’ अध्यक्षद्वय प्रचण्ड, माधव नेपाल र नेता झलनाथ खनालले सम्बोधन गरेको बैठकले सांसदहरुलाई जतिखेर पनि जुट्नुनर्पे भन्दै उपत्यका नछोड्न भनिएको हो । प्रतिनिधिसभा विघटनलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेर १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएपछि देश अब नयाँ राजनीतिक कोर्षमा अघि बढेको छ ।
ताजा अपडेट
-
नछुट्ने भए रवि, थुनामै राख्ने उच्चको आदेश सर्वोच्चद्वारा सदर
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
प्रतिक्रिया