युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग भएको छ । हङ्गेरीमा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप सिनोफार्म लगाउन थालिएकाले *चिनियाँ खोप प्रयोग गर्नेमा हङ्गेरी पहिलो र एक मात्र युरोपेली मुलुक भएको हो । प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताए। झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको उनले बताए। युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हङ्गेरीको आलोचना पनि गरेको समाचारमा जनाइएको छ । हङ्गेरीमा कोरोनाभाइरसका कारण अहिलेसम्म १४ हजार ५५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
ताजा अपडेट
-
नछुट्ने भए रवि, थुनामै राख्ने उच्चको आदेश सर्वोच्चद्वारा सदर
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
प्रतिक्रिया