NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

छापामा आज : दाहाल-नेपालमा ओली प्रवृत्तिदेखि बहुमतको बिजोगसम्म

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने धेरैजसो पत्रपत्रिकाले नयाँ सरकार गठनका लागि भइरहेको समीकरणमाथि केन्द्रित रहेर खबर छापेका छन्। सर्वाेच्च अदालतको आदेशसँगै सरकार प्रतिनिधिसभा बैठक बोलाउने तयारी गरिरहेका बेला दलहरु नयाँ सरकारका लागि गठबन्धन बनाउन लागिरहेका छन्, विशेषगरी नेकपा प्रचण्ड-नेपाल समूह। अन्नपूर्ण पोस्टले बहुमतको बिजोग शीर्षकमा मुख्य समाचार छापेको छ। समाचारमा भनिएको छ, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना भएसँगै दाहाल–नेपाल पक्षले ओलीलाई हटाएर नयाँ सरकार गठनमा जोड दिएका छन्। तर, पार्टी आधिकारिक रूपमा विभाजन नभएका कारण दाहाल–नेपाल पक्षलाई सत्ता परिवर्तन र नयाँ सरकार गठनमा अल्झन देखिन थालेका छन्।’ कान्तिपुर दैनिकले दाहाल(नेपालमा ‘ओली प्रवृत्ति’ शीर्षकमा मुख्य समाचार छापेको छ। जसमा भनिएको छ, ‘दोस्रोपटक प्रधानमन्त्री बनेयताको तीन वर्षमा व्यक्तिवाद, सामूहिक प्रणालीमाथिको प्रहार र वैचारिक छलफल नरूचाउने शैली प्रधानमन्त्री ओलीमा बढेर गयो । ओलीका कार्यशैलीको विरोध गर्दै प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलन चर्काएका दाहाल–नेपालमा पनि त्यही प्रवृत्ति देखिन थालेको छ ।’ नयाँ पत्रिकाले ‘नेकपा विभाजनको प्रमाणको पक्षमा कांग्रेस’ शीर्षकमा समाचार छापेको छ। यद्यपि, नयाँ पत्रिकाले स्वास्थ्य मन्त्रालयमा दुई वर्षमा ६ सचिव सरुवा भएको समाचारलाई मुख्य बनाएको छ। गोरखापत्रले खोप भण्डार गृह निर्माणको थालनी भइरहेको खबरलाई प्राथमिकताका साथ छापेको छ भने राजधानी दैनिकले संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने खबरलाई मुख्य बनाएको छ। नेपाल समाचारपत्रले कोभिड भ्याक्सिन भण्डारण गृह आठ ठाउँमा बनाइन लागिएको खबरलाई प्राथमिकताका साथ छापेको छ।

ताजा अपडेट

नेपालवाच विशेष