NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी भ्रष्टाचारी ठहर, तीन वर्ष कैद

फ्रान्सका पूर्वराष्ट्रपति निकोलन सार्कोजीलाई भ्रष्टाचारी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाइएको छ। सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका सार्कोजीलाई फ्रान्सको एक अदालतले आफ्नो चुनावी अभियानका लागि डोनेसन लिन र गोप्य सूचना प्राप्त गर्न अरू दुई जना व्यक्तिसँग मिलेर कानुनको उल्लंघन गरेको आरोप पुष्टि ठहर गरेको हो। साराकोजीका पूर्वकानुन व्यवसायी थिरी हेर्जोग र अजिबर्टलाईसमेत ३३ वर्ष कैद सजाय सुनाइएको छ। तीन वर्षमध्ये उनलाई दुई वर्षको सजाय निलम्बन गरिएको छ भने एक वर्ष पनि उनले जेलबाहिर बसेर कटाउन सक्नेछन्। त्यो अवधिमा उनलाई घरमै नजरबन्दमा राख्ने वा शरीरमा इलेक्ट्रिक डिभाइस जोडेर आंशिक हिँडडुल गर्न दिने सुविधा हुन सक्छ।