इन्डो प्यासिफिक स्ट्राटेजीमा सामेल हुँदैनौं : बंगलादेश

काठमाडौं । संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा सामेल हुने विचार नगरेको एक बंगलादेशी अधिकारीले बताएका छन् । बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले सोमबार राजधानी ढाकामा पत्रकारहरूको समूहसँग कुरा गर्दै सरकारको पछिल्लो धारणा सार्वजनिक गरेका हुन् । व्हाइट हाउसका एक अधिकारीले उनलाई यस मुद्दाको बारेमा हालसालै सम्पर्क गरेको उनले बताए । उक्त अवसरमा अमेरिकी अधिकारीले भारत–प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सारेको बताएका छन् । मोमेनले बंगलादेशको अग्रणी निजी समाचार एजेन्सी यूएनबीसँग सोमबार भने, ‘हामीले भनेका थियौं कि हामी यसको बारेमा सोच्ने पनि छैनौं । हामी सुरक्षित छौं । बरु हामी आर्थिक विकास र पूर्वाधार विकासमा रुचि राख्छौँ ।’ उनले बंगलादेशले अब यसको विकासलाई बढी महत्व दिने बताउँदै भने, ‘हामी पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्दैछौं र हाम्रा जनतालाई उत्कृष्ट जीवन प्रणाली विकासका लागि कार्यक्रम दिइनेछ ।’
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया