कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिए । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन्।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया