एउटै मञ्चमा देउवा र पाैडेलकाे फरक धारणा, रणनीति तय गर्न कांग्रेसको पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। संसदमा पार्टीले निर्वाह गर्ने भूमिका र राजनीतिको आगामी कोर्षका बारेमा साझा धारणा एवं रणनीति बनाउन नेपाली कांग्रेसका पदाधिकारी बैठक बिहीबार आज बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बूढानीलकण्ठस्थित निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेतालाई छलफलका लागि बोलाएका हुन्। संसद बैठक फागुन २३ गते बस्दैछ। आगामी सरकारमा जाने, नजाने विषयमा कांग्रेसभित्र मतभेद रहेका बेला शीर्ष तहमा धारणा तय गर्न लागिएको हो। सोही आधारमा संसदीय दल र केन्द्रीय समितिबाट अनुमोदन गर्ने तयारी कांग्रेसको छ। कांग्रेसको संसदीय दलको बैठक शुक्रबार र केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ। चितवनमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले काँधमा जिम्मेवारी आएमा प्रधानमन्त्री पदबाट नभाग्ने प्रतिक्रिया दिँदा सोही कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा जान पार्टीलाई जनताले म्यान्डेट नदिएकोले प्रतिपक्षमै बस्नुपर्ने बताएका थिए। देउवा र पौडेलबीच एकै मञ्चबाट फरक–फरक धारणा आएपछि राष्ट्रिय राजनीतिमै तरंग पैदा भएको छ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया