गोलबजारका स्थानीयवासीले पाए लालपुर्जा

लहान । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाका स्थानीयवासीले पुस्तौंदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेको हो । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीयवासीलाई लालपुर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नाँपजाँचपश्चात लालपुर्जा तयार पारेको बताए । वर्षौंदेखि बस्दै आएको जमिनको धनीपुर्जा पाएपछि आफूले आफ्नो अधिकार पाएको बताउँछन्, साहिद हुसैन । ‘बस्दै आएको गाउँब्लक जग्गामा ठूलो रकम खर्च गरेर घर निर्माण गरेको छु’, उनले भने, ‘त्यो जग्गाको अहिले मालिक बन्न पाउँदा असाध्यै खुशी छुँ ।’ वडाका ३७० घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिने वडाध्यक्ष गणेश मुखियाले जानकारी दिए । अझै केही विवादित अवस्थाका जमिनको लागि पनि पहल भइरहेको उनले बताए ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया