पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई १०४ डिग्री ज्वरो, अस्पताल भर्ना

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जसपाका अध्यक्ष बाबुराम भट्टराई उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका छन् । फागुन २३ गते बस्ने प्रतिनिधिसभाको वैठकमा भाग लिन भट्टराईले बानेश्वरस्थित सिभिल अस्पताल पुगेर कोभिड–१९ विरुद्धको खोप लगाएका थिए । खोप लगाएपछि भट्टराईलाई जिउ दुख्ने, ज्वरो आउने समस्या बढ्दै आएको थियो । हिजो बेलुकादेखि आएको ज्वरो बढेर १०४ डिग्री फरेनहाइसम्म तापक्रम बढेपछि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन् । जसपा नेता गंगानारायण श्रेष्ठले भट्टराई भर्खरै अस्पताल भर्ना भएको नेपालवाचलाई जानकारी दिए । चिकित्सकहरुले कोभिड–१९ विरुद्धको खोप लगाउँदा उच्च ज्वरो आएमा चिकित्सकको सम्पर्कमा रहनु पर्ने सुझाव दिदै आएका छन् ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया