NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

प्रचण्ड-माधव नेपाल पक्षले सभामुखलाई गरायो केपी ओलीलाई दलको नेताबाट हटाएको जानकारी

काठमाडौं । नेकपाको प्रचण्ड(माधव नेपाल समूहका नेता देव प्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको सभामुख अग्नीप्रसाद सापकोटालाई गराएका छन् । प्रचण्ड–माधव समूहको हिजो बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । त्यसैको जानकारी गराउन नेता गुरुङ बिहीवार सभामुख निवास वालुवाटार पुगेका थिए । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि आगामी आइतवारका लागि संसद् डाकिएको छ । त्यसअगाडि दलभित्र एकले अर्कालाई कारवाही गरेको जानकारी गराउने प्रतिस्पर्धा नै चलेको छ । आजै प्रचण्ड–माधव समूहका राजेन्द्र पाण्डे, लिलामणी पोखरेल लगायत पार्टीको आधिकारिकता विवादका सम्बन्धमा चाँडो निर्णय दिन भन्दै दवावका लागि निर्वाचन आयोग पुगेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष