ओलीलाई कारबाही गरिसक्यौं, उनको काम कारबाही मान्य हुँदैन प्रचण्ड–नेपाल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षको नेकपाले केपी शर्मा ओलीलाई कारबाही गरिएकाले उनले गरेका कुनै निर्णय मान्य नहुने जानकारी गराउँदै संसद सचिवालयलाई पत्राचार गरेको छ । संसदीय दलको प्रमुख सचेतकमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेकाले ओलीको सो निर्णय मान्य नहुने जानकारीकारी गराउन प्रचण्ड–नेपाल पक्षका नेताहरु देव गुरुङ, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ सिंहदरबारस्थित संसद सचिवालय पुगेर पत्राचार गरेका हुन् । पत्र बुझाएपछि सञ्चारकर्मीहसँग संक्षिप्त कुराकानी गर्दै गर्दै एक नेताले संसदीय दलको विषयमा पार्टीले गरेको निर्णय संसद सचिवालयलाई जानकारी गराइएको बताए । प्रचण्ड–माधव समूहले पठाएको पत्रमा प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेकाले संसदीय दलको नेताका नाममा उनले गरेका कुनै काम कारबाहीलाई मान्यता नदिन समेत आग्रह गरिएको छ । प्रचण्ड–नेपाल समूहको पार्टी कार्यालय पेरिस डाँडामा १९ माघमा बसेको केन्द्रीय कमिटीको निर्णयले ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जनाएको थियो ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया