नेपाल–फ्रान्स आर्थिक सम्बन्ध विस्तारबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विषयमा छलफल भएको छ । महासंघको कार्यालयमा भएको भेटमा नेपाल फ्रान्स विजनेश फोरमको बैठक आयोजना गर्ने र उक्त बैठकमा महासंघका तर्फबाट कोभिडपश्चात् नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुति गर्ने सहमति भएको महासंघले जनाएको छ । अध्यक्ष गोल्छाले नेपाल–फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवम् सहकार्यका लागि आग्रह गरे । अध्यक्ष गोल्छाले कोभिडपछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराए । उनले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तारलगायतमा जोड दिए । यसका लागि कूटनीतिक सहयोग महत्वपूर्ण हुने धारणा उनको थियो । राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवम् व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफूले निरन्तर पहल गरिरहेको बताए । गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासङ्घको पनि सहभागिता रहेको र सो क्रममा महासङ्घ र मेडेफ इन्टरनेशनलबीच सहमतिपत्रमा हस्ताक्षर भएको पनि उनले स्मरण गरे । नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै नेपाल फ्रान्स विजनेश फोरम बैठकलाई परिणाममुखी बनाउने दृढतासमेत राजदूत लेजेले व्यक्त गर्नुभएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया