NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

कांग्रेसले किचलो होइन, निर्वाचन रोज्नुपर्छ : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका युवा नेता गगन थापाले नेपाली कांग्रेसले नेकपाको किचलोमा पस्न नहुने बताएका छन् । कांग्रेस बर्दिवास नगर समितिले बर्दिबासमा आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको निर्वाचन रोजेर निर्वाचनमै केन्द्रित हुने कार्यदिशा कांग्रेसले लिनुपर्ने बताए । नेता थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने समेत बताएका छन् । अब नेकपाभित्रको किचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाको भनाइ छ । सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुडीमा लागेर संसद् विघटनसम्म गरेको प्रसङ्ग राख्दै सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उल्लेख गरिन् ।

ताजा अपडेट

नेपालवाच विशेष