विप्लव समूहमाथिको प्रतिबन्ध हट्यो, विभिन्न जिल्लाका कैदीबन्दी रिहा गर्न गृहको परिपत्र

काठमाडौं । ०७५ चैत २८ मा सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गरेको छ । सरकार–विप्लव समूह वार्ताटोलीबीच बिहीबार भएको तीनबुँदे सहमतिपछि साँझ बसेको मन्त्रिपरिषद बैठकले सरकारले लगाएको विप्लव समूहमाथिको प्रतिबन्ध आजबाट हटाएको निर्णय सार्वजनिक गरेको हो । सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाएसँगै गृह मन्त्रालयले देशका सबै जिल्लाकाल प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । गृह मन्त्रलायल स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब १७० जना विप्लव समूहका कार्यकर्तालाई भोलिसम्म रिहा गर्न परिपत्र गरेको हो ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया