म्यानमारमा प्रजातन्त्रवादीहरुको हत्याप्रति राष्ट्रसंघको चासो

काठमाडौं । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन् । म्यानमारमा प्रदर्शनको सबैभन्दा भयावह दिनपछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ । संयुक्त राष्ट्र संघका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्न आग्रह गरेका छन् । ‘म्यानमारको सेनाले प्रदर्शनकारीको हत्या र जेल चलान रोक्नु पर्छ,’ उनले भने, ‘यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोलनकारीहरूबिरूद्ध सिधै गोली चलाइरहेको छन् । यो मानव अधिकार विरोधी काम हो । राष्ट्रसंघ यसको घोर निन्दा गर्दछ ।’
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया