NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

विप्लव समूहलाई ‘अपराधी’ भन्दा हामीले विरोध गरेका थियौं : नारायणकाजी

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई सरकारले वार्ताद्वारा राजनीतिक समस्याको शान्तिपुर्ण समाधानको बाटोमा ल्याएको कदमको स्वागत गरेका छन् । उनले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो विचार व्यक्त गरेका हुन् । प्रवक्ता श्रेष्ठले उक्त पार्टीलाई अपराधी घोषणा र प्रतिबन्धको हामीले त्यतिखेरनै सार्वजनिक रुपमै विरोध गरेको समेत जनाएका छन् । सरकार–विप्लव समुह बीचमा ३ बुँदे सहमति भएको र उक्त सहमतिपत्र भोलि सार्वजनिक हुने कुरा बाहिर आएको छ । वार्ताद्वारा राजनीतिक समस्याको शान्तिपुर्ण समाधानको हामी सधै स्वागत गर्छौं। उक्त पार्टीलाई अपराधी घोषणा र प्रतिबन्धको हामीले त्यतिखेरनै सार्वजनिक रुपमै विरोध गरेका थियौं,’ उनले लेखेका छन् । प्रवक्ता श्रेष्ठले अहिलेको सहमतिमार्फत सरकारले विप्लव समूहलाई ‘अपारधी’ नभनेर सच्चिएको देखिएको धारणा व्यक्त गरेका छन् । ‘अरु कुरा वार्ता र सहमतिको राजनीतिक अन्तर्वस्तु खुलेपछि नै भन्न सकिनेछ,’ उनले लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष