NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

राष्ट्रियसभा अध्यक्ष भन्छन्- संसदले समयमा विधेयक पास गर्नुपर्छ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले ल्याएका विधेयकलाई संसदले समयमै पास गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको तीन वर्ष पुरा भएको अवसरमा आयोजित राष्ट्रिय सभाको प्रभावकारिता तथा कूटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संसदले समयमा कानून नबनाउँदा सरकारको काम प्रभावित हुने बताए। ुसंघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले पास नगरी कानून बन्दैन,’ उनले भने, ‘लामो छलफल गरेर एउटा सभाले पास गरेको विधेयक अर्को सभाबाट पास नहुँदा समस्या भएको छ। संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक यसको एक उदाहरण हो।’ अध्यक्ष तिमिल्सिनाले एउटा उद्देश्यका साथ सरकारले ल्याएका विधेयकलाई सरकार परिवर्तन हुने अवस्थासम्म पनि कानूनको रुप दिन नसक्दा यसले सदनको सक्षमता माथि प्रश्न उठाउने धारणा राखे। राष्ट्रिय सभाले तीन वर्षसम्म गरेका काम बारे जानकारी दिँदै उनले सातौं अधिवेशनसम्म राष्ट्रिय सभाको २२२ वटा बैठक बसेको बताए। तिमिल्सिनाले भने, ‘यस अवधिमा सभामा ४१ वटा विधेयकहरू दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेका, २४ वटा मध्ये आठवटा सभामा विचाराधीन रहेका छन्।’

ताजा अपडेट

नेपालवाच विशेष