NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

छापामा आज: नेकपाको खुट्टा दुइटा डुंगामा, दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरलाई एमडी/एमएस पढ्न रोक

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा युद्ध छाडेर शान्तिपूर्णबाटोतिर आएको समाचारलाई प्राथमिकता दिएका छन्। ‘विप्लव–युद्ध’ को विसर्जन’ शीर्षकमा मुख्य समाचार छापेको अन्नपूर्ण पोस्टले ‘शान्तिको स्वागत’ शीर्षकमा विशेष सम्पादकीय लेखेको छ। विशेष सम्पादकीयमा भनिएको छ, ‘अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राजनीतिक मूलधारमा फर्किएको छ। त्यसका लागि ३ बुँदे सहमति भएको छ। विप्लव समूह सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्न तयार भएको छ। आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न राजी भएको छ।’ कान्तिपुर दैनिकले ‘चन्द समूह शान्तिपूर्ण राजनीतितिर’ शीर्षकमा मुख्य समाचार छापेको छ। यद्यपि, हतियार व्यवस्थापनमा सम्झौता मौन रहेको समाचारमा उल्लेख छ। यससँगै प्रतिबन्ध फुकुवा र चन्द समूह शान्तिपूर्ण मूलधारको राजनीतिमा आउने प्रतिबद्धतापछि अब सरकारले पुर्पक्षका क्रममा कारागारमा रहेका चन्द समूहका नेतारकार्यकर्ता छुटाउन कानुनी प्रक्रिया अघि बढाउनुपर्ने भनिएको छ। कान्तिपुरले ‘नेकपाको खुट्टा दुइटा डुंगामा’ शीर्षकको समाचार पनि पहिलो पृष्ठमा छापेको छ। समाचारमा भनिएको छ, ‘दोस्रो पुस्ताका अधिकांश नेता र सांसदहरू विभिन्न विकल्पमा छलफल गरेर पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेका बेला नेतृत्व पंक्ति भने आफ्नै नेताहरूलाई कारबाही गर्दै आगामी सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न खोजिरहेका छन् ।’ नयाँ पत्रिका र नागरिक दैनिकले भने आर्थिक समाचारलाई मुख्य खबर बनाएका छन्। नयाँ पत्रिकाले ‘केन्द्रीय तथ्यांक विभागको रिपोर्ट : गत वर्ष आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत’ शीर्षमा मुख्य समाचार छापेको छ। ‘विप्लव नेकपा अब शान्तिपूर्ण राजनीतिमा’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको नयाँ पत्रिकाले ‘शान्ति मार्गमा विप्लव, स्वागतयोग्य कदम’ शीर्षकमा सम्पादकीय लेखेको छ। नयाँ पत्रिकाले दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरलाई एमडी/एमएस पढ्न रोक लगाइएको खबर पनि पहिलो पृष्ठमा छापेको छ। समाचार अनुसार ‘सुगममा बसेर दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरले विशेषज्ञ चिकित्सक (एमडी/एमएस) अध्ययन गर्ने मौका गुमाएका छन् । कतिपयको सरकारी मेडिकल कलेजमा निस्शुल्क छात्रवृत्तिको अवसरसमेत गुमेको छ । चिकित्सा शिक्षा आयोगले गत १८, १९ र २० पुसमा एमडीरएमएसको एकीकृत प्रवेश परीक्षा गरेको थियो । नतिजा प्रकाशन भइसकेपछि कतिपय डाक्टरले बढी अंक प्राप्त गर्ने लोभमा झुटो विवरण भरेको उजुरी परेपछि आयोगले छानबिन गरेको थियो ।’ नागरिकले ‘मुलुकको जिडिपी ४० खर्ब नजिक’ शीर्षकमा मुख्य समाचार छापेको छ। कोभिडका कारण गतवर्षको आर्थिक वृद्धिदर १।९९ प्रतिशतले ऋणात्मक पुगेको समाचारमा उल्लेख छ।

ताजा अपडेट

नेपालवाच विशेष