NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

शान्तिपूर्ण मार्गमा विप्लव, आज प्रधानमन्त्री ओलीसँग एउटै मञ्चमा

तत्कालीन नेकपा माओवादीको मुल नेतृत्वसँग विद्रोह गरेर ‘एकीकृत जनक्रान्ति’ का लागि हतियार उठाउने घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ शान्तिपूर्ण राजनीतिक मार्गमा आएका छन्। सरकारले आफ्नो पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाएसँगै २ वर्षयता गुमनामझै भएका उनै विप्लव शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा रहनेछन्। सरकारसँग दुई दिनमा तीन चरणमा भएको वार्ताले सार्थकता पाउँदै सहमतिको सम्झौता भएसँगै उनी सार्वजनिक समारोहमा देखिने भएका हुन। मुलुक राजनीतिक संकटमा रहेका बेला विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण मार्गमा आउनुलाई नागरिक समाजदेखि हरेक तप्काले स्वागत गरेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’*माधवकुमार नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई सरकारले वार्ताद्वारा राजनीतिक समस्याको शान्तिपूर्ण समाधानको बाटोमा ल्याएको कदमको स्वागत गरेका छन्। नेपाली कांग्रेसले पनि दुबै पक्षबीच भएको तीनबुँदे सहमतिलाई सकारात्मक भनेको छ। सहमतिपत्रमा शुक्रबार हुने हस्ताक्षर कार्यक्रममार्फत उनी सार्वजनिक हुँदै छन् । विप्लव नेकपाले हिंसात्मक गतिविधि बढाएपछि सरकारले २०७५ फागुन २८ गते राजनीतिक प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध फुकुवासरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध समेत फकुवा गरिसकेको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेकपामाथिका लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। बैठकले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ। यससँगै सरकारले पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता÷कार्यकर्ताहरुलाई रिहा गर्न सर्कुलर पनि जारी गरेको छ । बिहीबार साँझ गृहमन्त्रालयले नेकपाका पक्राउ परेका सबै कार्यकर्ताहरुलाई रिहा गर्न निर्देशन दिएको हो । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर प्रक्रिया पुर्याएर रिहा गर्न निर्देशन दिएको छ । गृहका प्रवक्ता चक्रबहादुर बुढाले प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु-याएर छाड्न निर्देशन दिएको जानकारी दिए।

ताजा अपडेट

नेपालवाच विशेष