नविन्द्रराज जोशीको स्वास्थ्यमा धेरै सुधार, भेन्टिलेटर पूरै हटाइयो

मस्तिष्घात भइ नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा राम्रो सुधार आएको उनको परिवारले जनाएको छ । मस्तिष्कघात भइ अचेत अवस्थामा एक हप्तादेखि उपचारतः जोशीलाई बिहीबारदेखि भेन्टिलेटरको सपोर्ट पूरै झिकिएको उनका दाजु राजुराज जोशीले जानकारी दिए । ‘स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ भन्ने जानकारी पाएका छौं। एक-दुई दिन अघिदेखि नै भेन्टिलेटरको सपोर्ट हटाउन खोजिएको थियो। बिहीबारबाट भेन्टिलेटर पूरै हटाएपछि आफैं स्वास फेर्ने भएको छ। त्यो अवस्थाबाट यत्तिको सुधार हुनुलाई धेरै प्रगति भएको डाक्टरहरुले बताउनुभएको छ। शरिरको देब्रे भाग चलेको छैन तर, त्यसमा पनि सेन्स भएको डाक्टरले बताउनुभएको छ। अब आँखा हेरेर गफ गर्न सक्ने अवस्था भए डाक्टरले खतरामुक्त रहेको मान्ने रहेछ। अहिलेसम्मको अवस्था हेर्दा आखा खुले उसले राम्रोसँग बोल्न सक्ने पनि डाक्टरले बताउनुभएको छ,’ उनका दाजु राजुराज जोशीले भने। अवस्थामा यस्तै सुधार भइरहे आइसियुबाट एक दुई दिनम नर्मल बेडमा सार्ने तयारी अस्पतालले गरेको पनि उनले बताए ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया