प्रधानमन्त्रीबाट ओलीलाई हटाउनु नै कांग्रेसको पहिलो शर्तः गगन थापा

काठमाडौं । कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई हटाउनुलाई नै कांग्रेसले पहिलो प्राथमिकतामा राख्नुुपर्ने बताएका छन् । नेपालवाचसँग कुराकानी गर्दै थापाले असंवैधानिक कदम चाल्ने ओलीलाई हटाउन कांग्रेस तयार भएपछि कसरी हटाउने भन्नेबारेमा छलफल र प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाई छ । उनले भने, ‘असंवैधानिक कदम चाल्ने केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने यतिखेरको कांग्रेसको प्रथम दायित्व हो । किनकी असंवैधानिक कदमविरुद्ध कांग्रेस आन्दोलनमा गएको पार्टी हो ।’ थापाले सर्वोच्च अदालतले ओलीको कदमलाई सच्याएपनि गलत कदम उठाउनेलाई हटाउने पहलकदमी नै कांग्रेसको तत्कालको कदम भएको बताए । ओलीलाई हटाउने पार्टी निर्णयपछि कसरी हट्ने, विकल्प के हुन्छ भन्ने कुरामा पार्टी केन्द्रीत हुने थापाको भनाइ थियो । ‘तर, हाम्रो छलफल कांग्रेस सरकारमा सहभागी हुने की नहुने भन्नेमा केन्द्रित छु’, थापाले भने, ‘बहस यतातिरै देखिन्छ । तर अवस्था यस्तो होइन । गलत कदम चाल्ने व्यक्तिलाई पहिले हटाउने हाम्रो प्राथमिक दायित्व हो । हामीले हटाउने निर्णय गरेपछि बल्ल अरु दलसँग संवाद गरेर कांग्रेस अघि बढ्ने हो । किनकी हाम्रो मतले मात्रै ओली हट्न सक्दैनन् ।’ ओलीलाई हटाउने बारेमा शुक्रबार बस्ने संसदीय दलको बैठकमा पनि कांग्रेसको तर्फबाट आवाज उठ्ने थापाले बताए ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया