नेकपा एकतालाई जोगाउनुपर्छ : नेता भट्टराई

नेकपाको दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उहाँले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । उनले भने, ‘एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।’ एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो । प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए । नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उहाँले प्रतिबद्धता जनाए ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया