काठमाडौं आइपुगे विप्लव, सँगै सम्बोधन गर्नुअघि ओलीसँग बालुवाटारमा भेट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्लव) काठमाडौं आइपुगेका छन् । उनी आज विहान ९ बजे नवलपरासीबाट काठमाडौं आएको बताइएको छ । काठमाडौं आइपुगेका विप्लवले सभागृहमा प्रधानमन्त्री केपी ओलीसँगै सम्बोधन गर्नुअघि भेट गर्न बालुवाटार गएको स्रोतले जनाएको छ । बालुवाटारमा भेट पछि उनीहरू सँगै सभागृह जाने जनाइएको छ । आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लव द्वयले एकै मञ्चबाट सम्बोधन गर्नेछन् । सोही समारोहबाट विप्लव नेतृत्वको नेकपाले तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । सरकारले दुई वर्षदेखि प्रतिबन्ध लगाएदेखि भूमिगत रहेका विप्लव आज नवलपरासीमा पहिलो पटक सार्वजनिक भएका थिए ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया