नेकपामाथिको आधिकारीकता दावी गर्न केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर पुनः निर्वाचन आयोग जाँदै प्रचण्ड–माधव समूह

काठमाडौं । नेकपाको आधिकारीकता विवाद बल्झिरहेका बेला प्रचण्ड–माधव नेपाल समूह आफू पक्षधर केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर पुनः निर्वाचन आयोग जाने तयारी गरेको छ । उक्त समूहका केन्द्रीय सदस्य लिलामणि पोखरेलका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आयोग जाने तयारी भइरहेको छ । नेता पोखरेलले आफ्नो समूहसँग बहुमत केन्द्रीय सदस्य रहेको दावी गरे । ‘हामीसँग यथेष्ट र बहुमत केन्द्रीय सदस्य हुनुहुन्छ,’ उनले भने । यसअघि प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएपछि उक्त समूहले गत ८ पुसमा आयोगमा दुई सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेकपामाथि आफ्नो दावी पेस गरेको थियो । ‘यसअघि केही केन्द्रीय सदस्यहरू काठमाडौं बाहिर, विदेश तथा अन्य काममा व्यस्त रहेकाले सबैको हस्ताक्षर गर्न छुटेको थियो,’ नेता पोखरेलले भने, ‘ती सबैको हस्ताक्षरसहित आयोगमा बुझाउँछौं ।’
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया