राष्ट्रिय सभागृहमा सरकार र विप्लव समूहका वार्ता टोलीका दुवै संयोजक पुगे

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सम्झौता सार्वजनिक गर्ने कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु हुन लागेको हो । कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली कार्यक्रमस्थल राष्ट्रिय सभागृह पुगिसकेका छन् । बादल सरकारी वार्ता टाेलीका संयाेजक हुन् । कार्यक्रममा भाग लिन नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्म ‘प्रकाण्ड’ पनि कार्यक्रमस्थल पुगिसकेका छन् । अन्य नेताहरू पनि आउने क्रम जारी छ । प्रधानमन्त्री ओली र विप्लव पनि केही समयभित्रै कार्यक्रमस्थल पुग्ने तयारी भइरहेको छ । सरकार र नेकपाबीच बिहीवार सहमति भएको थियो । जसमा नेकपाले आफ्ना हिंसात्मक गतिविधि रोक्ने तथा सरकारले उक्त दलमाथि लगाएको प्रतिबन्ध तथा पक्राउ परेका तथा जेलमा रहेका नेता/कार्यकर्ता रिहा गर्ने सम्झौता भएको थियो । ही सम्झौतामा समेटिएका अन्य विषय सार्वजनिक तथा सम्झौतामा प्रधानमन्त्री केपी ओली र विप्लवले संयुक्त हस्ताक्षर गर्ने तय भएको थियो ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया