सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमतिपत्रमा संयुक्त हस्ताक्षर

काठमाडौं । सरकार र दुई वर्षदेखि प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच संयुक्त सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तथा नेकपाका तर्फबाट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरेका छन् । दुई पक्षबीच बिहीवार संयुक्त सहमति जुटेको थियो । बिहीवार दुवै पक्षबीच भएको तीन बुँदे सहमतिपत्र सार्वजनिक भएको थियो । दुई पक्षबीच भएका सहमतिमा सरकार र उक्त दलबीच संयुक्त हस्ताक्षर तथा सहमति सार्वजनिक गर्न आज कार्यक्रम तय गरिएको थियो । यस सहमतिसँगै नेकपा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको छ । यी हुन् सहमतिका तीन बुँदा १) दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने२) विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्ने३) नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्ने
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया