NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

नेकपाका महासचिव विप्लवको सम्बोधन सुरु

काठमाडाैं । झण्डै दुईपछि भूमिगत राजनीतिबाट सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो सम्बोधन सुरु गरेका छन् । राष्ट्रिय सभा गृहमा वार्ता टोलीका संयोजक र सदस्यहरुबीच सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भए लगत्तै विप्लवको सम्बोधन सुरु भएको हो । उनले सम्बोधन सुरु गर्दै वार्ता टोलीलाई बधाई दिएका छन् । र यो सहमति केवल सहमति मात्र नभएर यसभित्र देश बनाउने सपना छ भनेका छन् । विप्लवले २०२८ साल फागुन २१ गते सुखानीको जंगलमा हत्या गरिएका रामनाथ दाहालसहति पाँच जना सहिद र ०५२ फागुन १४ गते गोरखामा प्रहरीद्धारा हत्या गरिएका दीलबहादुर रम्तेललाई समेत सम्झिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष