अन्तिम किस्तामा नेपाल अब शान्तिपूर्ण देश हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिमा हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपालबाट हिंसाको अन्त्य भएको बताएका छन् । ‘अब नेपाल अन्तिम किस्तामा शान्तिपूर्ण देश हो,’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालमा द्वन्द्व छैन, हिंसात्मक गतिविधि छैन, यहाँ शान्ति छ ।’ नेपाल यसअघि शान्तिपूर्ण देश रहेको उल्लेख गर्दै उनले अब देश अझ शान्तिपूर्ण बाटोमा प्रवेश गरेको बताए । ‘भरे बेलुका संयुक्त राष्ट्रसंघले मूल्यांकन ग¥यो भने कसरी गर्ला !’ ठट्यौली भावमा प्रधानमन्त्री ओलीले भने । शान्तिपूर्ण बाटोमा आउन विप्लवले गरेको योगदानप्रति प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरे । ‘विप्लवजीले जनताको मन जित्नुभएको छ,’ उनले भने ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया