बहिष्कार र नाराबाजीपछि संसद बैठक २६ गतेसम्मका स्थगित

काठमाडौं । पुनस्थापनापछि पहिलोपटक बोलाइएको प्रतिनिधिसभाको बैठक बहिष्कार नाराबाजीपछि बुधबारसम्मका लागि स्थगित गरिएको छ । कार्यसूचीमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा आपत्ति जनाउँदै नेकपाको प्रचण्ड समूहले बैठक बहिष्कार गरलगत्तै कांग्रेसले पनि अध्यादेशको विरोधमा संसद बैठकमा नाराबाजी गर्दै रोष्टम घेराउ गरेको थियो । सभामुखले त्यसपछि १० मिनेटका लागि बैठक स्थगित गराएका थिए । तर, बैठक संचालनका लागि सहमति हुन नसकेपछि आगामी बुधबार २६ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेपछि प्रधानमन्त्री केपी ओलीले वैधानिक हैसियत गुमाएको प्रचण्ड पक्ष र कांग्रेसका सांसदहरुको तर्क छ । प्रचण्ड पक्षका सांसद भीम रावललले प्रतिनिधिसभा पुनस्थापनासँगै प्रधानमन्त्रीले शासन गर्ने वैधानिकता गुमाएको तर्क गरे । वैधता गुमाएको सरकारका तर्फबा अध्यादेशलाई संसदमार्फत् अघि बढाउने विषयप्रति उनले आपत्ति जनाएका थिए । अध्यादेशको प्रक्रिया नरोकिए बैठक बहिष्कार गर्ने उनले बतााए । तर, सभामुखले अध्यादेशको प्रक्रिया नरोकिएपछि प्रचण्ड समूहले बैठक बहिष्कार गर्यो । लगत्तै कांग्रेसका तर्फबाट पुष्पा भुसाल र बालकृष्ण खाँणले पनि संसद नभएका बेला अध्यादेशबाट देश चलाउन खोज्ने प्रधानमन्त्रीको शैलीप्रति आपत्ति जनाएका थिए । उनीहरुको विरोधपछि पनि अध्यादेशको प्रक्रिया नरोकिएपछि कांग्रेसका सांसदहरु नाराबाजीमा उत्रिए । त्यसपछि बैठक तीन दिनका लागि स्थगित हुन पुग्यो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया