NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रचण्डबाट छुट्टिदै माधव नेपाल समूहको ओली नेतृत्वको एमालेमा फर्किने निर्णय

काठमाडौं । नेकपा आधिकारिकताको सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड–माधव नेपाल समूहले आ–आफ्नै पूर्व एमाले र माओवादीमा जाने गरी छुट्टिने निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीसँग विवादमा लाग्दा झन् कमजोर हुने बुझाईपछि पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकबाट उनीहरुले अदालतको आदेश अनुसार छुट्टिने निर्णय गरेको जानकारी नेता झलनाथ खनालले दिए । अब एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने उनको भनाई छ । स्थायी समिति बैठक अघि माधव नेपाल समूहले छुट्टै बैठक गरेको थियो ।