चिनियाँ राजदूत लेख्छिन्- बिआरआई सहकार्यले ३ करोड २० लाखलाई मध्यमस्तरीय गरिबीबाट माथि उकास्नेछ

नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले नेपाल अविकसित मुलुकबाट स्तरोन्नति भएर विकासशील मुलुकमा सूचीमा सूचीकृत हुन लागेकोमा खुसी व्यक्त गरेकी छन्। ‘गरिबी उन्मूलनमा सफलताका सूत्र’ शीर्षकमा मंगलबार गोरखापत्रमा लेख लेखेकी उनले ‘मलाई यो कुरा थाहा भएर धेरै खुसी लागेको छ- संयुक्त राष्ट्रसङ्घ विकास नीति कमिसन (आयोग) ले केही समयअघि नेपाललाई पाँच वर्षको तयारी अवधिपछि विश्वका सबैभन्दा अविकसित मुलुकको सूचीबाट हटाएर विकासशील मुलुकको सूचीमा सम्मिलित गरेको छ। सम्पूर्ण विश्वको आर्थिक अवस्थामा कोभिड महामारीको गम्भीर असर परिरहेको अवस्थामा नेपालले यस्तो उपलब्धि हासिल गर्न‘ अवश्य पनि सानो र सजिलो कुरा होइन, यो नेपाल सरकार र नेपाली जनताको संयुक्त प्रयासको परिणाम हो।’ राजदूतले ‘राजनीतिक स्थिरताको रक्षा गर्दै आर्थिक सामाजिक विकासलाई केन्द्र बनाई जनजीवनमा निरन्तर सुधार ल्याई ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि नेपाली जनताले मिहिनेत गर्नेछन् र सन् २०३० मा नेपाललाई मध्यमस्तरीय आययुक्त राष्ट्र बनाउने लक्ष्यतर्फ अगाडि बढ्नेछन्’ भनेर विश्वास पनि व्यक्त गरेकी छन्। चीनले हालै मात्र गरिवीविरुद्धको युद्ध जितेको घोषणा गरेको छ। राजदूत याङ्छीको यो लेख पनि सोही विषयवस्तुमा केन्द्रित छ। मानव जातिको साझा भाग्यको समष्टिको अवधारणासाथ चीन सक्रिय भई अन्तर्राष्ट्रिय गरिबी घटाउने सहकार्यमा लागेको समेत उल्लेख गरेकी छन्। ‘विश्व बैङ्कको एक प्रतिवेदनअनुसार ‘बीआरआई’अन्तर्गतको सहकार्यले करिब ७६ लाख मानिसलाई अत्यन्त गरिबीबाट माथि उकास्नेछ भने तीन करोड २० लाख मानिसलाई मध्यमस्तरीय गरिबीबाट माथि उकास्नेछ,’ उनले लेखेकी छन्।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया