NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

एमालेको सचिवालय बैठक स्थगित

नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ, मंगलबार बिहान बस्ने भनिएको बैठकका लागि तयारी नपुगेको भन्दै स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ। सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकताबाट गठन भएको नेकपाबारे निर्वाचन आयोगले गरेको निर्णय खारेज गरिदिएपछि यी दुबै पार्टी तीन वर्षपछि ब्युतिएका छन्। महासचिव पोखरेलले नमाधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू एमालेमै फर्किने निर्णय गर्नुअघि मंगलबार बिहान ९ बजेका लागि सचिवालय बैठक आह्वान गरेका थिए । तर, नेपाल, खनालसहितका नेताहरूले एमालेमै फर्किने निर्णय सोमबार साँझ गरेका थिए। यसैबीच, एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको नाम र साइनबोर्ड राखिने भएको छ। एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएपछि धुम्बाराही र पेरिसडाँडाका कार्यालयमा नेकपाको बोर्ड राखिएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष