NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

सत्ता समीकरणबारे कांग्रेस महामन्त्री भन्छन् : भर्खर त नयाँ खेल सुरू भएको छ

काठमाडौं । अदालतले नेकपा आधिकरिकता टुंग्याउँदै एमाले र माओवादीलाई ब्युँत्याइदिएपछि देश नयाँ राजनीतिक कोर्षमा प्रवेश गरेको छ । एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किदै गर्दा अब फेरि नयाँ सत्ता समीकरण बन्न आकलन गरिएको छ । यस्तोमा एमाले एकै ठाउँमा उभिए पनि कांग्रेस, माओवादी र जसपा मिल्दा नयाँ सरकार गठन गर्ने बाटो खुल्नेछ । यस्तोमा कांग्रेसले अब के गर्छ भन्ने विषयमा पनि उत्तिकै चासोसाथ हेरिन थालिएको छ । सोमबार मात्रै स्थायी समिति बैठकबाट प्रचण्ड–माधव नेपाल समूहले एमाले र माओवादीमा लाग्ने निर्णय गरेका थिए । राजनीतिक घटनाक्रम विकसित हुँदै गएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले अब के गर्छ भन्ने चासो व्यक्त भइरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले भर्खर नयाँ खेल सुरु भएका भन्दै कांग्रेसको काँधमा धैर्यता, संयमताको साथ ऐतिहासिक दायित्व आएको बताएका छन् । ‘अहिले पनि काग्रेसको काँधमा धैर्यता,संयमता र समयको माग अनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको छ,अहिलेनै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने बेला भएको छैन,भरखर त नयाँ खेल सुरु भएको छ।’ खड्काले सामाजिक संजालमा लेखेका छन्, ‘परिपक्वता र साहसिक निर्णय काँग्रेस बाट देशले फेरि माग गर्दै छ, तर अझै उपयुक्त समयको प्रतिक्षाको जरुरी छ ? हतार गरि हाल्नु जरुरी छैन, कम्तिमा विगत ३ महिनाको अनुभवले यही सिख हामीलाई दिएकाे छ ।’

ताजा अपडेट

नेपालवाच विशेष