कोमल वलीद्वारा रघुजीपन्तविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद तथा नेकपाकी केन्द्रीय सदस्य कोमल वलीले प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तका विरुद्ध मुद्दा दायर गरेकी छिन् । मंगरबार जिल्ला अदालत काठमाडौंमा पन्तका विरुद्ध गाली बेइज्जती र मानहानीको मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूमाथि अन्याय भएको भन्दै पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन् । पन्तले केही दिनअघि भाषणका क्रममा नेतृ वलीलाई पिडुँला देखाएर सांसद भएको आरोप लगाएका थिए । सामाखुसीमा पूर्व एमालेको भेलालाई सम्बोधन गर्दै नेता पन्तले राजनीतिमा लामो समय संघर्ष गरेका महिलाहरूले कुनै पद नपाएको तर कोमल वलीले भने छोटो समयमै ठूला पद पाएको टिप्पणी गरेका थिए । ‘महिलाहरू अहिले केपीतिर लागेका छन् । २० औं वर्ष विवाह नै नगरी यो पार्टीमा बसेका महिलाहरू छन् । तर उनीहरूले टिकट पाएनन् । तिनले राष्ट्रियसभा पाएनन्’, पन्तले उक्त कार्यक्रममा भनेका थिए, ‘वलीले भने सारी सर्काएर गोरा पिंडुला देखाएको भरमा सांसद पाइन् । कपाल फुलेर चाउरी परेका बुढाबुढी कमरेडहरू न एकचोटी राष्ट्रिय सभाको सांसद बन्न् पाएका छन् न केन्द्रीय कमिटीको सदस्य । उनी राष्ट्रिय सभा सदस्य पनि भइन् अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन् ।’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया