NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

ओली झुट प्रधानमन्त्री : गगन थापा

काठमाडौं । कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले झुटको डंका पिटेको बताएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्नेले एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गराउन खोजेको भन्दै झुटो बोलेको बताएका छन् । सामाजिक संजालमा लेख्दै थापाले प्रधानमन्त्रीले झुटो बोलेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झुट प्रधानमन्त्रीज्यू !’ थापाले भनेका छन्, ‘एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतिक्षारत छौँ ।’

ताजा अपडेट

नेपालवाच विशेष