NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

५० लाख ठगी काण्डमा काठमाडौं भ्यु टावरका ठेकेदार भेटवाल अख्तियार परिसरबाटै पक्राउ

काठमाडौं । काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको स्वच्छन्द विकोइ विल्डर्स प्रालिका प्रमुख मनोज भेटवाललाई वयानमा बोलाएर अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले आफ्नै परिसरभित्रबाट पक्राउ गरेको छ । बैंकिङ ठगी काण्डमा वयानका लागि अख्तियार पुगेका उनलाई आयोग टोलीले पक्राउ गरेको हो । कर्मचारीसमेतको मिलेमतोमा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीबाट ५० लाख ऋण लिएर नतिरेको तथा भ्रष्टाचार गरेको काण्डमा आयोगले भेटवाललाई वयानका लागि बोलाएको थियो । वयानका लागि उनी आयोग पुगेका बेला त्यहींबाट पक्राउ गरिएको हो । नौ वर्षअघि भएको ठगी काण्डमा आयोगले अनुसन्धान अघि बढाएको थियो । कर्मचारी, सेयरधनी, ऋणी लगायतका आरोपितहरूलाई वयानमा हाजिर हुन गत मंसिरमा नै सार्वजनिक सूचना जारी गरेको थियो । यो कम्पनी अहिले अस्तित्वमा छैन । रोयलसहित अपि फाइनान्स र रारा डिभलपमेन्ट बैंक गाभिएर एपेक्स डिभलपमेन्ट बैंक बनेका थिए । एपेक्स पनि पनि एपेक्स नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकमा गाभिएको थियो । कर्मचारीसमेतको मिलेमतोमा कमसल धितोमा ऋण प्रवाह गरेर एक अर्ब भन्दा बढी घोटाला भएको थियो । मर्चेन्टमा सरकारको समेत सेयर हिस्सा थियो । यसअघि राजस्व छली गरेको अभियोगमा १५ साउन ०७६ मा राजस्व अनुसन्धान विभागले उनीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष