माओवादीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ताबारे कुनै निर्णय गरेन, कांग्रेस र जसपासँग वार्ता गर्ने
काठमाडौं । माओवादीले प्रधानमन्त्री केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे तत्काल कुनै निर्णय लिएन । मंगलबार बसेको स्थायी कमिटी बैठकलेबैठकले अहिले संसद, सरकार र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा कांग्रेस, जसपासँग छलफल परामर्श र वार्ता गर्ने निर्णय गरेको जानकारी नेता नारायणकाजी श्रेष्ठले दिए । तर, केपी ओली सरकारलाई दिएको समर्थन फिर्ताबारे कुनै निर्णय नगरेको उनको भनाई छ । एमालेसँग पनि पनि सरकार, संसद, संविधान कार्यान्वयनका प्रक्रियाका बारेमा वार्ता हुने पनि उनले बताए । पार्टीलाई प्रशिक्षित गर्न फागुन ३० मा केन्द्रीय समितिको बैठक १ चैतमा कार्यकर्ता भेला आयोजना गरिएको पनि उनले बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया