नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्वाचन आयोगको निर्णय, भन्यो – एकीकरण गर्ने भए १५ दिनभित्र निवेदनसहित उपस्थित हुनू

काठमाडौं । निर्वाचन आयोगले नेकपा (खारेज भइसकेको) एकीकरण हुनु पूर्वको नेकपा एमाले र माओवादी केन्द्रकै अस्तित्वमा फर्केका निर्णय गरेको छ । गत २३ गते सर्वोच्च अदालतले नेकपालाई बदर गरिदिएपछि सोहीबमोजिम वुधवार निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको शक्तिलाई पूर्ववत् अवस्थामै फर्काइदिने निर्णय गरेको हो । यसको जानकारी संघीय संसद् सचिवालय, सात वटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई दिन पनि आयोगले भनेको छ । अब दल एकीकरण गर्ने भए १५ दिनभित्र निवेदनसहित आयोगमा उपस्थित हुन पनि आयोगको निर्णयमा उल्लेख छ । ‘अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरित नहुनेगरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलका रुपमा एकीकरण गर्ने भएमा एकीकरण पछि बन्ने दलको नयाँ नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युष्टि पाटी (एकीकृत माक्र्सवादी–लेलिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ आयोगको निर्णयमा उल्लेख छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया