एमालेसँग वार्ता गर्न जसपाले बनायो दुई सदस्यीय वार्ता टोली

काठमाडौं । बदलिंदो परिस्थितिमा छलफल गर्न जनता समाजवादी पार्टी एमालेसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सो दलले लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको हो । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेललाई दिएर एमाले र माओवादी ब्युँत्याइदिएको दिन नै जसपाले वार्ता टोली बनाएको जसपाका एक नेताले जानकारी दिए । ‘नेकपाको विवादलाई अदालतले टुंग्याएको दिन नै जसपाले दुई सदस्यीय वार्ता टोली बनाएको थियो’ जसपाका नेताले भने, ‘अब सरकार, जसपाका नेतामाथि लागेका मुद्दा फिर्तासहितका विषयमा छलफल हुन्छ ।’ मंगलबार नै जसपाको संसदीय दलको बैठक पनि बसेको छ । तर, ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे जसपाका दुई धार छ । डा. बाबुराम भट्टराई, उपेन्द्र यादव पक्ष ओलीसँग सरकारमा जान नहुने मतमा छन् । महन्थ ठाकुर र राजेन्द्र महतोहरु केपी ओलीप्रति नरम छन् । उता एमालेले पनि सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलको वार्ता टोली बनाएको छ ।अब माओवादीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिए नयाँ समीकरण बनाउनुपर्ने अवस्था छ । माओवादीले समर्थन फिर्ता लिए ओलीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिंदा कांग्रेस वा ३२ सिट भएको जसपाले साथ दिनुपर्नेछ । ओलीले विश्वासको मत लिन नसके फेरि बहुमतको सरकार गठनको बाटो खुल्नेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया